

घरायसी विवादमा चक्कु प्रहार गर्दा श्रीमती घाइते

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित ढुंगेधारा नजिकै एक टहरामा बस्ने गणेश कार्कीले आफ्नी श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् ।
ओखलढुङ्गाको चक्पादेवी नगरपालिका वडा नम्बर ४ का कार्की दम्पती मनोहरामा एक तले टिनको टहरामा बस्दै आएका थिए । घरायसी विवाद हुँदा २८ वर्षीय कार्कीले तरकारी काट्ने चक्कु श्रीमतीलाई प्रहार गरेका थिए ।
उनको श्रीमतीको घाँटी अगाडिपट्टी चोट लागेको प्रहरीले जनाएको छ । उनको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा सामान्य उपचार गरी राष्ट्रिय ट्रमा सेन्टर पठाइएको बौद्ध प्रहरीले जनाएको छ ।

