

मधेस प्रदेश सरकारकाे नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

जनकपुरधाम – मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएकाे छ। बुधबार बसेको नवौँ अधिवेशनको पाँचौ बैठकमा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएकाे हाे।
आर्थिक वर्ष २०७९/८० को प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरियोस् भनी बैठकमा मुख्यमन्त्री लालबाबु राउतले राखेको प्रस्ताव सर्वसम्मतले पारित भएको हो। सभामुख सरोज कुमार रायले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कसैले पनि आवाज उठाएनन्।
मधेस प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २२ गते आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा प्रस्तुत गरेका थिए। मंगलबार भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदले नीति तथा कार्यक्रमको विपक्षमा मत दिएका थिए।
नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरु सुन्दर बहादुर बिश्वकर्मा, बच्चा राउत अहिर, परमेश्वर साह र बाबुलाल साह कानूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। जेठ २२ गते प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा मंगलबार र बुधबार गरी दुई दिन छलफल भएका थिए।

