रचना र भानुको स्वरमा म्युजिक भिडियो ‘मायाले बोलाए झैं लाग्यो मलाई’ 


काठमाडौं – लोकप्रीय गायिका रचना रिमाल र लोकगायक भानु ओलीको स्वरमा लोकप्रिय गितकार तथा संगीतकार दिपक बस्नेतले नयाँ गीत ‘मायाले बोलाए झंै लाग्यो मलाई’ म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

गीतमा बहुचर्चित मोडल लोमस शर्मा र गीता ढुड्गानाले अभिनय गरेका छन् । काजिश श्रेष्ठले निर्देशन गरेका गीतलाई मुकेश हुमागाईं ले छायांकन गरेका छन् भने गीतको उत्पादक र बितरण पल इन्टरटेन्मेन्ट प्रालिले गरेको छ ।

काजिस श्रेष्ठ भिडियो निर्देशक तथा कोरियोग्राफर रहेको गीतको भिडियो छायाँङ्कन मुकेश हुमागाइँले गरेका हुन भने रंग सम्पादक बिनोद बम छन् । म्युजिक नेपालको रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज साहस शाक्यले गरेका छन् ।

करिव १४ मिनेट लामो म्युजिक भिडियोमा ग्रामिण परिवेश, परम्परागत पोशाक र दृष्यका साथै झ्यारे र चुड्के लोकलय र लोकभाकाको आकर्षक संगीतमय मिश्रण गीतमा पाइन्छ ।

 

प्रतिक्रिया