

जोरपाटीमा कौसीबाट लडेर युवक घाइते

काठमाडौं – जोरपाटीमा मोबाइल चलाउँदा कौसीबाट लडेर युवक घाइते भएका छन् । दोलखा घर भई नारायणटारस्थित राई स्कुल नजिक बस्ने २० वर्षीय छेवाङ शेर्पा गम्भिर घाइते भएका हुन् ।
शेर्पाको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । घरको तेस्रो तलास्थित रहेको उनको डेराको कौसीमा बसेर मोबाइल चलाउँदा उनी कौसीबाट अचानक खसेका हुन् ।

