

‘सोल्टिनी क्या राम्री’मा मिरुना र गणेशको अभिनय

प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा पछिल्लो समयकी लोकप्रिय नायिका मिरुना मगरसँग गणेशमान घलेले अनस्क्रिन रोमान्स गरेका छन् ।
५०० बढी गुरुङ वस्ती रहेको लमजुङको भुजुङ गाउँमा छायांकन गरिएको सोल्टिनी क्या राम्रीको छायांकन विवेक विकले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको निर्देशन गायक गिरी स्वयंले नै गरेका हुन् ।

