प्रधानाध्यापक र अध्यक्ष ५० हजार घुससहित पक्राउ


काठमाडाैँ- महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

बिहीबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगक बर्दिबासको टोलीले प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवानलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

विद्यालयमा भवन निर्माणसम्बन्धी काममा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल र बर्दिवासको संयुक्त टोलीले सदरमुकाम जलेश्वरबाट दुवैलाई रङ्गेहात पक्राउ गरेको हो।

घुस रकमसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान र आवश्यक कारबाही अघि बढाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया