बराबरीमा रोकिए पोर्चुगल र स्पेन


काठमाडाैँ- यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेनले १–१ को बराबरी खेलेका छन्।बिहीबारको खेलको २५ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० ले अग्रता लिएको स्पेनले अन्तिम समयसम्म भने अग्रतालाई बचाइराख्न सकेन। खेलको ८२ औं मिनेटमा पोर्चुगलका लागि रिकार्डो होर्टाले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलमा थप गोल हुन सकेन।

बिहीबार समूह बीकै अर्को खेलमा चेक रिपब्लिकले स्विट्जरल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्‍यो।यससँगै चेक रिपब्लिक ३ अंकका साथ समूहको शीर्षस्थानमा छ भने स्पेन र पोर्चुगलले १/१ अंक पाएका छन्।

प्रतिक्रिया