

५० हजार घुससहित विद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

महोत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको श्री मावि एकडाराका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित नियन्त्रणमा लिएको छ ।
विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

