कार्यकक्षको कुर्सीमै बसेर वडाध्यक्षको ‘टिकटक’… (भिडियोसहित)


काठमाडौं – काठमाडौं महानगरपालिका वडां. १६ का वडाध्यक्ष मुकुन्द रिजालले कार्यकक्षमै टिकटक बनाएर बस्ने गरेका छन् । सामाजिक सञ्जालमा देखिएको टिकटकमा ‘डाँडाघरे माइली…’ नामको गीतमा टिकटक बनाएको भिडियो सार्वजनिक भएको छ ।

वडाध्यक्ष रिजालको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीविरुद्ध धेरै प्रतिक्रियाहरु आइरहेका छन् ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिकाको लाइभ बैठकमा उनले दिएको अभिव्यक्तिप्रति पनि उनीविरुद्ध सामाजिक सञ्जालमा प्रतिक्रियाहरु देखिएका थिए ।

त्यसलगत्तै उनको यस किसिमको कार्यकक्षमै बसेर रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि धेरै प्रतिक्रियाहरु आइरहेका छन् ।

२०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं. १६ बाट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी भएका रिजाल यसअघि पनि सोही वडाका वडाध्यक्ष थिए ।

भिडियोः

 

प्रतिक्रिया