उच्च शिक्षाका लागि विदेशी विद्यार्थी नेपाल ल्याइने, विद्यार्थीले ९० दिन स्वयम् सेवा गर्नुपर्ने


काठमाडौं – सरकारले उच्च शिक्षा लागि विदेश जाने विद्यार्थीहरुलाई नेपालमा नै रोक्ने नीति लिने भएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालकै विश्वविद्यालयमा सुविधा थप गर्ने समेत बताए ।

उनले आगामी आर्थिक वर्षमा विदेशी विद्यार्थी र शिक्षकका लागि भिसा प्रणाली सहज बनाई नेपालमा उच्च शिक्षाको लागि राम्रो प्रबन्ध बनाउने बताए ।

विद्यार्थीले ९० दिन स्थानीय तहमा स्वयम् सेवा गर्नुपर्ने
काठमाडौं – प्रविधिक विषयमा स्नातक र अन्य विषयमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीले ९० दिन स्वयंसेवा गर्नुपर्ने भएको छ ।

स्थानीय तहको योजना निर्माण तथा ग्रामिण विकासमा योगदान गर्नेगरी न्यूनतम ९० दिन स्वयम् सेवामा लगाउन सम्बधीत विश्वविद्यालयले आवस्यक व्यवस्था मिलाउनु पर्नेछ ।

प्रतिक्रिया