हवाइ क्षेत्रका लागि १२ अर्ब २४ करोड, पर्यटनमा ९ अर्ब ३८ करोड विनियोजन


काठमाडौं – सरकारले हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।

संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन्।

त्यसैगरी पर्यटन विकासमा विशेष जोड दिने बताए ।

पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब ३८ करोड
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा पर्यटन विकासलाई ९ अर्ब रूपैयाँभन्दा बढी बजेट छुट्टयाएको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

बजेट भाषणमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया