राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)


काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । २०७९वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनले अर्थतन्त्र थप चलायमान हुन गएको छ । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्म औसत उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहेको छ । यद्यपि पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तह निर्वाचनको समयमा भएको आर्थिक गतिविधिलेमूल्यमा चाप पर्न गएको छ । समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको र विप्रेषण आप्रवाह स्थिर रहेका कारण बाह्य क्षेत्रदबाबमा परेको छ ।

क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर घाटा बढेको छ भने विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता घटेको छ । छ। चालु आर्थिक वर्षको नौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीतिमा उल्लिखित नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटको अद्र्घवार्षिक मूल्याङ्कन र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यलाई ध्यानमा राखी मौद्रिक नीतिको योसमीक्षा प्रतिवेदन सार्वजनिक गरिएको छ ।

आर्थिक तथा वित्तीय स्थिति वास्तविक क्षेत्र केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा क्षेत्रगत रुपमा भएको वास्तविक उत्पादनसँग आर्थिक वर्ष २०७८/७९ का लागि विभागले सार्वजनिक गरेको क्षेत्रगत अनुमानित वास्तविक उत्पादन तुलना गर्दा कोभिड महामारीमा कमी आएपश्चात् यातायात तथा भण्डारण र पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भैसकेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको हिस्सा ९०.७३ प्रतिशत रहेको अनुमान छ । गत वर्ष कुल उपभोग ७.७ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो उपभोग ११.५ प्रतिशतले वृद्धि हुने देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल बचत र लगानीबीचको अन्तर कुल गार्हस्थ्यउत्पादनको २.४८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८ नेपाल राष्ट्र बैंक उत्पादनको २९.३७ प्रतिशत रहने अनुमान छ । स्थिर पुँजी निर्माणको अनुपात स्थिर रहँदा रहँदै साधन अन्तरमा वृद्धि आउनुले विगत वर्षहरुको तुलनामा चालु वर्ष राष्ट्रिय बचत परिचालनमा कमी आएको देखिएकोछ ।

पछिल्लो समय मुद्रास्फीति बढ्दो क्रममा रहेको छ । वार्षिक बिन्दुगत आधारमा २०७७ चैतमा मुद्रास्फीति ३.१० प्रतिशत रहेकोमा २०७८ चैतमा ७.२८ प्रतिशत पुगेको छ । खाद्य तथा पेय पदार्थ समुहको मूल्य वृद्धिदर २०७७ चैतमा ३.४९ प्रतिशत रहेकोमा २०७८ चैतमा ७.४० प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समुहको मूल्य वृद्धिदर २.७९ प्रतिशत रहेकोमा ७.१८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया