

बुहप्रतीक्षित चलचित्र ‘चिसो मान्छेको’ ट्रेलर रिलिज

काठमाडाैं – सेलिब्रेटी निर्देशकका रुपमा परिचित दीपेन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’ को ट्रेलर रिलिज भएको छ।
३ मिनेट १६ सेकेन्डको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता अपर्ण शर्मा, देशभक्त खनाल प्रमुख भूमिकामा देखिएका छन्।
वैदेशिक रोजगारीमा पलायान भएका श्रीमान् काठको बाकसमा फर्किएसँगै गाउँ लैजाउन तय गर्नुपर्ने यात्रा र सोही यात्रा क्रममा घट्ने घटनाको सेरोफेरामा चलचित्र रुमलिएको छ।
पशुपति प्रसाद, आमापछि खनालद्वारा निर्देशित याे एक बुहप्रतीक्षित चलचित्र हो। चलचित्रकी निर्माता शर्मिला पाण्डे हुन्।चलचित्र असार ३ गतेबाट देशभर रिलिज हुनेछ।

