
‘ब्युटी पेजेन्ट’ बलात्कार घटनाका आरोपी मनाेज पाण्डे पक्राउ
काठमाडाैं – आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
किशोरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भनेपछि प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेलाई काठमाडाैंबाट पक्राउ गरेको स्राेतले जनाएकाे छ ।
किशोरीले सामाजिक सञ्जालमा भिडियाे राखेदेखि नै पाण्डेलाई निगरानी गरिएकोमा आज पक्राउ गरिएको महाशाखा स्रोतले जनाएको छ । उनलाई कुन कानुनमा टेकेर मुद्दा चलाउने भन्ने विषयमा अहिले कानुनका ज्ञातासँग परामर्श गरिरहेको पनि स्रोतले जनाएको छ ।



कागजपत्र |
