चार किलो गाँजासहित पोखराबाट २ जना पक्राउ


कास्की – चार किलो गाँजासहित २ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-३० बरालथोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित स्याङ्जा घर भई हाल पोखरा रत्नचोक बस्ने १९ वर्षीय गणेश गुरूङ लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले ग.९ प ८२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया