पोखरा मेयरमा एकीकृत समाजवादीले अग्रता बढाउँदै


पोखरा – पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)ले मतान्तर झनै बढाउँदै लगेका छन्।

११ हजार पाँच सय९३ मत गणनामा सत्ता गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई पाँच सय मतान्तरले पछि पारेका छ्न्।

पछिल्लो परिणाममा आचार्यले ५ हजार ७ र थापाले ४ हजार ५ सय ३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले सार्वजनिक गरेको पछिल्लो परिणाममा उल्लेख छ। राप्रपाका शंकर खरालले ४ सय ४१ ल्याउँदै तेस्रो स्थानमा छन्। स्वतन्त्रका उम्मेदवार गनेस पौडेलले २ सय २ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेले अग्रता लिएको छ। एमालेकी मञ्जुदेवी गुरुङले ५ हजार १ सय १० र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५ हजार ६४ मत प्राप्त गरेका छन्। मञ्जु यसअघि पनि उपमेयर हुन्।

पोखराका कुल ३३ वडामध्ये हालसम्म वडा १,२ र १२ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। अहिले वडा ३, ४, २३, २४, २५ को गणना जारी छ। स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबारको मतदानमा पोखरा महानगरपालिकामा २ लाख ७ हजार मतदातामध्ये १ लाख ४३ हजार मत खसेको थियो।

प्रतिक्रिया