

एसपीको आँखामा छारो हाल्दै डिएसपी गिरीको असुलीधन्दा

काठमाडौं – पछिल्लो समय नेपाल प्रहरीलाई टाउको दुःखाईको बिषय बनेको छ, जुवा अखडा । टोल–टोलमा जुवा अखडा सञ्चालन भएपछि प्रहरीलाई जुवा नियन्त्रण गर्न चुनौतीको बिषय नै बनेको छ ।
जुवाका कारण कयौं घरबहारबिहिन भएका छन् । जुवा खेल्नु खेलाउनु आँफैमा एक अपराध हो, जुवा अपराधसँगै जुवाकै कारण अन्य जघन्य अपराध पनि थपिँदै गएका छन् । जुवा कै कारण आत्महत्या गर्नेदेखि हत्या गर्ने अपहरण जस्ता अपराध पनि जुवासँग जोडिन पुगेका छन् । यी अपराध रोकथाम गर्न नेपाल प्रहरी कटिबद्ध भएर आफ्नो जिम्मेवारी निभाई पनि केही घुस्याहा प्रहरीका कारण जुवाजस्ता अपराधले संरक्षण पाउँदै आएको छ ।
काठमाडौं प्रहरी जुवा नियन्त्रणमा केही आक्रामक रुपमा प्रस्तुत भए पनि पछिल्लो समय भक्तपुर प्रहरीले भने जुवालाई संरक्षण गर्ने गरेको प्रमाण फेला परेको छ । भद्र र नरम स्वभाव भएकी एसपी तारा थापाको कमजोरीको फाईदा उठाउँदै महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जुवालगायतका अपराधबाट मोटो रकम असुलेर संरक्षण गर्दै आएको प्रमाण फेला परेको छ ।
गत तिहार लक्ष्मीपुजाको दिन भक्तपुरमा एउटा ठूलो जुवा भईरहेको सुचना प्रहरीकोमा पुग्यो । सुचनाको आधारमा ईन्सपेक्टरको कमाण्डमा टोली खटियो । सुचनाअनुसार टोलीजुवा अखडा पुग्यो । जुवा अखडा दोलखाका ठेकेदार तथा आफूलाई समाजसेवीका नाममा चिनाउने बिदुर शर्माको घरमा प्रहरी टोली पुग्यो । जुन जुवा अखडाबाट डिएसपीले मोटो रकम बुझ्दै आएका थिए ।
बालकोटस्थित शर्माको उक्त घरमा दशैंदेखी तिहारसम्म जुवा अखडा कै रुपमा संचालन भएको थियो । प्रहरी टोली घर भित्रको जुवा अखडामा पुग्यो । तर त्यहाँ जुवा अखडामा रहका एक दर्जन मध्येका सुनिल भन्ने व्यक्तिले डिएसपी गिरीलाई फोन गरी सेटिङ मिलाए । डिएसपीले ईन्सपेक्टरलाई फोन गरी तत्काल फिर्ता हुन आदेश दिए । ठूलै जुवा अखडामा छापा मार्न पुगेका ईन्सपेक्टरको टोली जुवाडेको पावर देखेर हिस्स पर्दै फर्किए । सो बेलाको डिएसपी गिरी र सुनिलको कल डिटेल्स हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ ।
एसपी तारा थापाको कमजोर कमाण्डका कारण डिएसपी गिरीले भक्तपुरलाई अहिले आपराधिक गिरोहको क्रिडास्थल बनाएका छन् । एसपी थापाको आँखामा छारो हालेर डिएसपी गिरीले असुली धन्दा चर्काएका छन् । घर बनाउँदै छु भन्ने बहानामा मंगलबार उनको कतै सरुवा भएन । भक्तपुर जिल्लामा असुलीधन्दा चर्काइरहेका गिरी महानगरीय प्रहरी बृत्त ठिमी जाने योजनामा छन् ।
दुई–दुई बर्ष ट्वाईसी बसिसकेका डिएसपी गिरी अहिले नै राम्रै पोस्टिङका हकदार हुन् । भक्तपुर आउनु अगाडी गिरी काभ्रेमा थिए । सानो ठिमी बृत्तका डिएसपी ऋषीराम कँडेल बढुवाको लाईनमा छन् । कँडेल अबको एसपी बढुवाको अग्रपंक्तिमा छन् । कँडेल बढुवा भएपछि परिसरबाट बृत्त जाने योजनामा डिएसपी गिरी रहेको स्रोत बताउँछ ।
यसको लागी डिएसपी गिरीले भक्तपुरमा असुलेको रकम हेटक्र्वाटरसम्म पुर्याउने गरेका छन् । काभ्रेमा रहँदा पनि घर बनाउने बहानामा गिरीले धेरैलाई गिटी, बालुवा, ईट्टा मागेर हैरान बनाएको काभ्रेका व्यवसायीहरु बताउँछन् ।

