राैतहटका मतदाता : मतपेटिका लिएर भाग्नेदेखि आगाे लगाउनेसम्म


राैतहट – रौतहटको यमुनामाई गाउँपालिका-१ काे मतदान केन्द्रबाट मतपेटिका लुटिएकाे छ। स्थानीयले मतदान केन्द्रबाट मतपेटीका लुटेर भागेका हुन।

त्यस्तै, बौधीमाई नगरपालिकामा तीन मतपेटिकामा आगजनी गरिएको छ। वडा नम्बर २ स्थित इनरवा टोलमा जनता समाजवादी पार्टी (जसपा) र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिकामा आगजनी भएकाे हाे।

झडप र आगजनीपछि इनरवाको अवस्था तनावग्रस्त रहेको छ। झडपमा परी प्रहरीसमेत घाइते भएकाे प्रहरीले जनाएकाे छ। त्यस्तै, गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ।

मतदानका विषयमा उम्मेदवारका समर्थकबीच विवाद हुँदा झडप भएको हो। झडपमा १५ जना घाइते भएका छन्। दुई पक्षबीच झडप भएपछि प्रहरीले बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, गढीमाई–६ सिंगारवनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको छ।

मतदानको विषयमा रौतहटको फतुवा विजयपुर, मौलापुर, गुजरा लगायतका नगरपालिकाहरुमा विवाद देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया