नयाँ बानेश्वर संसद् भवन अगाडि सिलिन्डर बम विस्फोट


काठमाडौं – नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आज (शुक्रबार) बिहान २ बजे सिलिन्डर बम विस्फोट गराइएको छ ।गए राति करिब २ बजे सिलिन्डर बम विस्फोट भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो ।

यसबारे प्रहरीले गोप्यरुपमा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार एक जना व्यक्तिले सिलिन्डर आगो लगाएर विस्फोट गराएका हुन् ।

विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको छैन । तर घटनास्थल आसपासमा केही पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया