फ्रि भिषा र फ्रि टिकटमा जोर्डनमा २० जना महिला कामदारको माग


काठमाडौं – जोर्डनको एक कम्पनीले महिला कामदारको माग गरेको छ । अम्मान सहरमा रहेको AJWAA EST कम्पनीले २० जना महिला कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । यस्तै,भाषा तथा घरायसी काम सम्बन्धी १ महिने तालिम अनिवार्य लिनुपर्नेछ ।

कामदारले खान बस्नेतसहित तलब ३६ हजार बढि पाउनेछ । इच्छुक कामदारले Frontline REcruitment Pvt.LtD. को कार्यालय काठमाडौंमा जेठ २ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

प्रतिक्रिया