बामदेव गौतम : नेकपा राजनीतिका ‘अदभूत फण्डा’


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विधान मिचेरै उपाध्यक्ष पदमा बामदेव गौतमलाई नियुक्त गरेका थिए ।

सचिवालय सदस्यमात्र रहेका गौतम पार्टीमा नेताको वरियता क्रममा केही कदम उक्लिन सफल भए । जसलाई नेकपा केन्द्रीय समितिको विस्तारित बैठकले पनि अनुमोदन गरेको थियो ।

गौतम पार्टी जिम्मेवारीमा उक्लिए पनि यतिमै सीमित रहन चहाँदैनन् अझै पनि । उनलाई सकभर यहि बेला नभए अर्को चुनावमा जितेर सदनभित्र छिर्ने मात्र होइन, प्रधानमन्त्रीको कुर्सीमा बस्ने औधी रहर छ । यो रहरलाई उनले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसमक्ष राखेका थिए ।

सतहमा चर्चा आयो ‘प्रधानमन्त्री बन्न अंग्रेजी जान्नुपर्छ, तपाई जान्नुहुन्छ ?’ भनी ओलीको प्रश्न सचिवालय बैठकमा नै तेर्सियो । हुन त यो भनाईको स्वतन्त्र पुष्टि भएको छैन, हालसम्म पनि । यद्यपि गौतमको प्रधानमन्त्री बन्ने चाहना छारष्टचाहिँ भइसकेको छ ।

गौतमको यो चाहनालाई नेतृत्वले आफ्नो प्रतिष्ठा र गुटको प्रभावको कारण बनाए, पटक–पटक । फलतः कहिले ओली त कहिले प्रचण्डको समिपमा देखिए, नेकपा आन्तरिक राजनीतिको मन्थनले देखाएको प्रकारान्तरकार विवादमा गौतमको ‘स्ट्यान्ड’ त्यहि नै भयो ।

पद र जिम्मेवारीका निम्ति शक्ति सन्तुलनका दृष्टिमा प्रभावकारी देखिएका गौतमले नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड दुवैको उपयोगिता बुझेका हुनुपर्छ त्यसैले आफैं ‘अदभूत फण्डा’का पात्र बनिरहेका छन् ।

कहिले सचिवालयको बैठक पार्टी कार्यालयमा मात्र राख्नुपर्ने, प्रचण्डलाई एकल अध्यक्ष दिनुपर्ने भन्ने कडा सर्तको प्रस्ताव ल्याउँछन् त कहिले नेकपा विवादको समाधानका उपाय भन्दै छ बुँदे प्रस्तावमा ओलीलाई त्राण दिन्छन् । विश्लेषकहरूका अनुसार यी प्रकारान्तरका प्रस्तावमा बामदेवको एउटै चाहना छ– पदीय जिम्मेवारी जसरी पनि लिने, एक पटक प्रधानमन्त्री बन्ने ।

नेकपाभित्र गौतम एउटा ‘कि’ कित्ता स्वभाविक हुन् । स्थायी समितिको विवाद चर्को भएको बेला, अर्को पक्ष ओलीको राजीनामाका लागि जसरी पनि डटिरहेका बेला उनको प्रस्तावले सबै प्रयत्न फितलो भए र प्रचण्ड ओलीसँगको वार्ता र सहमतिका निम्ति लच्किनु परेको थियो ।

जसको परिणामका आधारमा समस्या समाधानका निम्ति भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बन्यो, सचिवालयले अनुमोदन गरेको थियो । कार्यदलले पनि ओलीको निरन्तरता (बामदेवकै प्रस्तावको सारांश)लाई व्याख्यात्मक हिसाबले प्रतिवेदनमा उल्लेख गरेको थियो ।

‘राजनीतिबाट अवकाश लिने बेला आइसकेको जानेका गौतम जीवनमा एक पटक प्रधानमन्त्री बन्ने अभिलासामा छन् । कयौं पटक कार्यबाहक प्रधानमन्त्री बनिसकेका उनी बालुवाटारमा तस्बिर झुन्डाएरै अवकाश लिन चहान्छन्’, नेकपा सचिवालय सदस्य भन्छन्,‘अरुले यो मौका देलान् नदेलान् थाहा छैन, उनको राजनीतिक लाइन वा गुटको उपयोगचाहिँ राम्रोसँग गरिरहेका छन् ।’

नेकपाको वैधानिक मान्यतालाई व्यवाहारिक उपयोग गर्ने हो भने ७० कटेका गौतम राजनीतिक जीवनबाट ‘रिटायर्ड’ भइसकेका छन् तर ओली–प्रचण्डको समदूरीका मध्यविन्दु भएकाले उनको समिकरणीय ताकतले पदमा टिकिरहेका हुन् 

गौतमको यो पृष्ठभूमीकै प्रभावका आधारमा उनी राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका छन् । विज्ञ कोटामा उनको नियुक्ति पूर्व नेकपा स्थायी समितिले राष्ट्रिय सभामा लाने निर्णय गरेको थियो जसलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले नियुक्त गरिन् ।

तर बामदेव राजनीतिमा कहिलेसम्म सक्रिय रहने भन्ने प्रश्नको आधार र प्रकरण यति मात्र होइन ।

तत्कालिन एमालेको वैधानिक व्यवस्था अथवा अहिलेको नेकपाकै व्यवस्थालाई मानकका रुपमा व्यवाहारिक प्रयोग गर्ने हो भने उपाध्यक्ष गौतम पार्टीमा बसिरहनुपर्ने मानिस होइनन् । जसरी स्व. भरतमोहन अधिकारीहरूलाई सक्रिय राजनीतिबाट विदा गरियो, गौतम पनि उहिले नै विदा हुनुपर्ने मानिस हुन् ।

नेकपाको वैधानिक मान्यतालाई व्यवाहारिक उपयोग गर्ने हो भने ७० कटेका गौतम राजनीतिक जीवनबाट रिटायर्ड भइसकेका छन् तर ओली–प्रचण्डको समदूरीका मध्यविन्दु भएकाले उनको समिकरणीय ताकतले पदमा टिकिरहेका छन् ।

हुन पनि गौतमको राजनीतिक साथ र सहयोगलाई विश्लेषण गर्दा एउटा मध्यविन्दुको शक्तिचाहिँ देखिन्छन् । तत्कालिन एमालेको आठौं महाधिवेशनमा झलनाथ खनालको पक्षमा उभिएका थिए, खनालले पार्टी सत्ता हात पारे । नवौं महाधिवेशनमा ओलीको कित्तामा उभिए ओलीले पार्टी सत्ता हत्याए । यतिमात्र होइन, नेकपा गठनपछि प्रचण्डको कित्तामा सुरुका चरणमा देखिए सचिवालयमा प्रचण्ड बलिया भए, दोस्रो चरणमा ओलीको त्राण भएर निस्किए प्रधानमन्त्री र अध्यक्ष पद जोगियो ।

‘अरुको अवसर र पद जोगाउने काममा गौतमको भूमिका प्रभावकारी बनेको सबैले देखेको, सतहमा छर्लङ्ग भएकै छ । तर यसमा पनि उनको अलौकिक स्वार्थ लुकेको प्रष्ट छ’, नेकपाका एक स्थायी समिति सदस्य अनलाइन न्युज सेभेनसँग भन्छन्,‘अवकाशअघिको उनको एउटै महत्वकांक्षा छ प्रधानमन्त्री बन्ने । त्यसैले त राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्ने उनले राखेको प्रस्तावको व्यापक चर्चा भयो, कतै समर्थन र कतै बिरोध भयो ।’

 

प्रतिक्रिया