अध्ययन भन्छः ठूलो स्वरले बोल्ने पुरुष धोका दिन खप्पिस


बेइजिङ(एजेन्सी)– कोही व्यक्तिको आवाजले उसको व्यक्तित्व कस्तो छ भन्ने जनाउ दिन्छ । केही अनुसन्धानकर्ताहरुले पुरुषको स्वरका विषयमा यस्तै एक अध्ययन गरेका छन् । अध्ययनको निश्कर्ष महिलालाई सचेत गराउने किसिमकै छ । आम रुपमा महिलालाई ठूलो स्वरले बोल्ने पुरुष मनपर्छ । तर यो अध्ययनका अनुसार ठूलो स्वरले बोल्ने पुरुष भरोसायोग्य हुँदैनन् अर्थात उनीहरु आफ्नो पार्टनरलाई धोका दिन खप्पिस हुन्छन् ।

चीनको साउथवेस्ट युनिभर्सिटीले धुम्रपान नगर्ने पुरुषहरुलाई शब्दहरुको एउटा सूची पढ्न दिएको थियो । त्यसपछि आवाजको फ्रिक्वेन्सी र पिचलाई बुझ्नका लागि यी शब्दको विश्लेषण गरिएको थियो । यो कार्यपछि सम्बन्धबारे पुरुषको दृष्टिकोण बुझ्नका लागि उनको मनोवैज्ञानिक परीक्षण गरिएको थियो ।

परीक्षण पछि प्राप्त नतिजा अनुसार ठूलो स्वरमा बोल्ने पुरुष आफ्नो पार्टनरप्रति प्रति कम प्रतिबद्ध हुने र उसले धोका पनि दिने देखियो । पुरुषको यो चर्को आवाजका माध्यमबाट उसको सेक्स हर्मोन टेस्टोस्टेरोनको स्तरबारे पत्ता लागेको थियो ।  अनुसन्धानकर्ताले कर्कश र ठूलो स्वरको तुलनामा विस्तारै बोल्ने पुरुषमा टेस्टोस्टेरोनको स्तर बढी देखिएको थियो । उनीहरुका अनुसार टेस्टोस्टेरोनले कोही व्यक्तिको विशेषता र उसको व्यवहार पत्ता लगाउन सहयोग गर्दछ ।

ठूलो स्वरमा बोल्ने पुरुषमा टेस्टोस्टेरोनको स्तर बढी हुन्छ र त्यही कारण महिलाहरु उनीहरु प्रति आकर्षित हुने अध्ययनको निश्कर्ष छ । त्यस्तै अध्ययनले धेरै टेस्टोस्टेरोनवाला पुरुषको बच्चा स्वस्थ हुने देखाएको छ । यद्यपि जीवनसाथीको छनोंटका लागि महिलाहरु पुरुषको आवाज भन्दा बढी उसको व्यक्तित्वमा ध्यान दिने गरेका छन् । पार्टनरका रुपमा उनीहरु यस्ता पुरुषलाई रोज्न चाहन्छन्, जो घरको हरेक काममा उनीहरुलाई साथ दिउन ।

प्रतिक्रिया