
सञ्चार माध्यमहरुले निर्वाचन आचारसंहिता पूर्णपालना गर्नू : प्रमुख आयुक्त
काठमाडाैं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यमहरुलाई पुनः आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरुको गम्भीर ध्यानाकर्षण गराए।
सामुदायिक रेडियो प्रसारक सङ्घले आज काठमाडाैंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै चुनावलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराए ।
कार्यक्रममा सार्वजनिक गरिएको सामुदायिक रेडियो प्रसारक सङ्घको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रुपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराइएको छ ।



कागजपत्र |
