बसपार्कस्थित होटलबाट विभिन्न औषधीसहित १ जना पक्राउ


काठमाडौं– राजधानीको गोंगबुस्थित हिल्टन होटलबाट लागूऔषधका लागि प्रयोग हुने औषधीसहित एक जना पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

विशेष सूचनाका आधारमा वृत्तबाट खटिएर गएको प्रहरीको एक टोलीले उक्त होटलबाट विभिन्न औषधीसहित दोबजोङ–४ धादिङका २८ वर्षीय मनोज खड्कालाई पक्राउ गरेको हो ।

खड्कालाई निट्रोभेट ९२ फाइल, नुफिन १०० पिस, डाइजोपाम १०० वटा र फेनेर्गन १०० वटासहित बसपार्कस्थित उक्त होटलबाट पक्राउ गरिएको थियो ।

खड्काको साथबाट २४ हजार २ सय नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । साथै खड्काको साथबाट चार थान मोबाइल र सवारीचालक अनुमति पत्रसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

खड्काले के प्रयोजनका लागि उक्त औषधीहरु ल्याएको त्यसको बारेमा विस्तृत अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया