मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ


काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारस्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजुस्थित सडकखण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाईकलसहित आईतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका वडा नं– ५ चैनपुर बस्ने वर्ष २२ को आयुष थापा मगरलाई प्रदेश३–०२–००८प२६०७ नम्वरको कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नम्बर लु ५२ प ७३३५ खुल्न आएको छ ।

त्यस्तै, काठमाडौ बालाजु सडकखण्डबाट जिल्ला दोलखा भिमेश्व र नगरपालिका वडानं. ३ भिमफेदी घरभई हाल काठमाण्डौ रानिवन बस्ने वर्ष २४ को रोशन लामिछानेलाई बागमती प्रदेश०२–०१७ प ३४४७ नम्वरको कालो रातो रंगको२२०सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको छ ।

प्रतिक्रिया