

बिक्रीमा आयो आईएमई जनरल इन्स्योरेन्सको ९१ हजार बढि कित्ता शेयर

काठमाडौं – आईएमई जनरल इन्स्योरेन्सले संस्थापक र साधारणतर्फको गरी ९१ हजार २०४ कित्ता शेयर लिलामी मार्फत बिक्री सुरु गरेको छ ।
इन्स्योरेन्सले निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा आवेदन नपरेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र ८८ हजार ९३४ कित्ता साधारण शेयर आजदेखि लिलामीमा ल्याएको हो । बैशाख १२ गतेदेखि खुलेको लिलामी शेयरमा बैशाख २० गतेसम्ममा आवेदन दिनु सकिने इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
लिलामी शेयरमा आवेदन दिँदा ग्लोबल आईएमई क्यापिटलको बैंक खातामा रकम जम्मा गरेको भौचर आवेदनमा राख्नु पर्नेछ भने गुड फर पेमेण्ट चेक मात्र आवेदनसँगै बुझाउन सकिनेछ ।

