५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ


काठमाडौं – काठमाडौंमा ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ परेका छन् । प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरुप्रसाद बिसी रहेका छन् ।

गुरुप्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्कस्थित गेस्टहाउसमा लगी बलात्कार गरेको उजुरी आएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया