कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी


धनगढी- कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित विपतपुर मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ ।आगलागीबाट पूरै शिविर जलेर नष्ट भएको छ ।

७२ भन्दा घरधुरी रहेको शिविरमा भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्किएको शिविरका भलमन्सा हिँगुराम चौधरीले बताए ।

प्रतिक्रिया