

डेढ लाख घुससहित मालपोत अधिकृत पक्राउ

काठमाडौं – ताप्लेजुङका मालपोत अधिकृत घुस रकमसहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टंगालबाट खटिएको टोलीले मालपोत अधिकृतलाई एक लाख ५० हजार घुससहित आज पक्रेको हो ।
मालपोत अधिकृत लेखा पनेरु महतले जग्गा दर्ता गर्ने सिलसिलामा सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएको आयोगले जनाएको छ ।
महतलाई ताप्लेजुङको फुङलिङ नगरपालिका ४ कोप्चेबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

