

यो साता सुनको मूल्य ११०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – यो साता नेपाली बजार सुनको मूल्य ११०० रुपैयाँले घटेको छ । गत आइतबारदेखि हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले घटेकोे हो ।
गत आइतबार प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा एक लाख ९०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

