एकै परिवारका पाँच जनाको घाँटी रेटी हत्या


भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लामा सामूहिक हत्याको घटना सार्वजनिक भएको छ। थर्वई थाना क्षेत्रको खेवराजपुर गाउँमा शुक्रबार मध्यरात हत्याराले एकै परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

हत्याराले ५ वर्षीया बालिकालाई पनि आक्रमण गरेका छन्, अहिले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।अपराध गरेपछि हत्याराले शव जलाउन घरमा आगो लगाएका थिए।

प्रहरीका अनुसार घटनामा ५ वर्षीया बालिका  घाइते भएकी छन्। उनलाई प्रयागराजस्थित स्वरूपप्रणी अस्पतालमा भर्ना गरिएको छ। प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ।

प्रतिक्रिया