

एनएसईकी पूर्वप्रमुखविरुद्ध सीबीआईद्धारा मुद्दा दर्ता

भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई) की पूर्वप्रमुख चित्रा रामकृष्णविरुद्ध सीबीआईले मुद्दा दर्ता गरेको छ । सीबीआईले दायर गरेको मुद्रा एनएसई सहस्थान (को–लोकेसन) मामिलामा दर्ता गरिएको हो । आरोपत्रमा स्टक एक्सचेन्जका पूर्वगुप्र अपरेटिङ अफिसर आनन्द सुब्रमन्ड्यमको नामसमेत समावेश छ।
सीबीआईले ‘को लोकेसन’ मामिलामा चित्रा रामकृष्णलाई गत मार्च ६ मा पक्राउ गरेको थियो । त्यस्तै आनन्द सुब्रमन्ड्यमलाई जनवरी २५ मा पक्राउ गरिएको थियो । रामकृष्णविरुद्धको आरोप सीबीआई विशेष अदालतमा दर्ता गरिएको हो ।
रामकृष्णकाले पदको दुरुपयोग गर्दै आनन्द सुब्रमन्ड्यमलाई एनएसईको गुप्र अपरेटिङ अफिसरबाट पदोन्नति गर्दै म्यानेजिङ डाइरेक्टर नियुक्त गरेको आरोप सीबीआईले लगाएको छ । यस क्रममा उनले स्टक एक्सचेन्जको सञ्चालक समिति र एनआरसीको अनुमति नलिएको जनाइएको छ ।

