आइतबारसम्म कायम शेयरधनीले मात्र एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउने


काठमाडौं– एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश  वितरण प्रयोजनको लागि वैशाख १२ गते बुक क्लोज गरेसँगै आइतबार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारण सभा बैशाख २१ गते हुँदै छ ।

प्रतिक्रिया