

एकै दिन सेञ्चुरी बैंकले थप्यो ३ नयाँ शाखा

काठमाडाैं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुटै कार्यक्रमहरूकाबीच उक्त शाखाहरूको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो ।
बैंकको शाखा उद्घाटन कार्यक्रमहरूमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तिहरू, उद्यमी व्यवसायीहरू, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

