

व्यवसायी महासंघले घोषणा गरे निर्माण ‘होलिडे’

काठमाडाैं – आइतबारदेखि निर्माणको कार्य ठप्प हुने भएको छ । बजारमा निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि निर्माण होलिडे घोषणा गरेको हो ।
महासंघका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गर्दै निर्माण होलिडे घोषणा गरेका हुन् ।
महासंघले आज सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिको कार्यालयमा शान्तिपूर्ण आन्दोलन गरेको छ । उक्त आन्दोलन व्यवसायीहरूले शुक्रवार पनि गर्ने भएको छ ।

