

छ्याङ्दी हाइड्रोपावरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद नेप्सेमा सूचीकृत

काठमाडाैँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद नेप्सेमा सूचीकृत भएको हो ।
छ्याङ्दी हाइड्रोपावरको केही समयअघि आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ३० प्रतिशतबराबरको हकप्रद सेयर जारी गरेको थियो । सोही हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

