

गायक श्रीधर कंडेलको आवाजमा ‘मिठा बात’ सार्वजनिक

काठमाडौं – गायक श्रीधर कंडेलको आवाजमा मिठा मिठा बात बोलको गति सार्वजनिक भएको छ ।
लक्ष्मण डुम्रेको संगित रहेको यस गीतमा एरेन्ज विनोध रसाईलीको रहेको छ भने समिर पौडेलको लिरिक्स रहेको छ ।
प्रेमिल जीवन शैलीलाई मध्येनजर गर्दै बनाईएको यस भिडियोको डिरेक्सन समिर नेपालले गरेका छन् ।
यस गीतको भिडियोमा नवराज पौडेल, शिला गजुरेल, सुशान्त अधिकारी, सोनिया खत्री र रियाना सत्यालको उत्कृष्ट अभिनय रहेको छ ।

