

चलचित्र निर्माता संघको विशेष साधारणसभा जेठमा

काठमाडौं – नेपाल चलचित्र निर्माता संघको विशेष साधारणसभा जेठमा बस्ने भएको छ ।
संघको गत चैत ७ गतेको निर्णयले विशेष साधारणसभा जेठ १४ गते बस्ने निर्णय गरेको संघका महासचिव रोज राणाले बताए ।
राणाले सो विशेष साधारणसभा चलचित्र विकास बोर्डको प्रेक्षालय चाबहिलमा हुने पनि जानकारी गराए । उनले सदस्यता नविकरणका लागि बाँकी रहेका सदस्यहरुलाई यथाशीघ्र नविकरणका लागि संघका तर्फबाट अनुरोध गरेका छन् ।

