

उदयपुर सिमेन्टको महाप्रबन्धकमा ३ जनाको नाम सिफारिस

काठमाडौँ – सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका स्वकीय सचिव हितेश ओझाले उदयपुर महाप्रबन्धक नियुक्त प्रक्रिया अघि बढाइएको जानकारी दिए।
सिफारिस समितिले पुस ५ गते वर्णानुक्रमअनुसार ३ जनाको नाम सिफारिस गरेको हो। वर्णानुक्रमअनुसार भक्तपुर ठिमीका गोपीकृष्ण न्यौपाने पहिलो नम्बरमा छन्। त्यसपछि दोस्रोमा काठमाडौँ ज्ञानेश्वरका ध्रुबबहादुर देवकोटा र तेस्रोमा कपिलवस्तु वाणगंगाका भूपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस गरिएको छ।
स्रोतका अनुसार सिफारिस गरिएका मध्यबाट एक जनालाई सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले महाप्रबन्धक नियुक्ति गर्नेछ।

