सिनेमा हलहरूमा चलचित्र विकास बोर्डले अनुगमन गर्ने


काठमाडौं –  चलचित्र विकास बोर्डले भोलिदेखि सिनेमा हलहरूमा अनुगमन गर्ने भएको छ । हलहरूमा दक्षिण भारतीय फिल्म ‘केजिएफ–२’को प्रदर्शन नियम मिचेर गरेपछि बोर्डले यस्तो निर्णय गरेको हो ।

बक्स अफिसका संयोजक राज कटुवालको नेतृत्वमा हलहरूको अनुगमन गर्ने बोर्डले जनाएको छ ।

चलचित्र विकास बोर्डका अधिकृत, गृह मन्त्रालय र राजस्व विभागका प्रतिनिधिसहितको समितिले सूक्ष्म रुपमा अनुगमन गर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया