

सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

काठमाडौं – बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच पोइन्ट अफ सेल सेवाका लागी सहकार्य भएको छ ।
आज सनराइज बैंकको केन्द्रिय कार्यालय गैरिधारामा आयोजित एक कार्यक्रमकाबीच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
लुम्बिनी विकास बैंकले कार्डमार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकलाई पोइन्ट अफ सेल डिभाइस उपलब्ध गराउन सक्नेछ भने सो को लागी प्राविधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।

