आईजी खनालद्वारा २ नम्बर गण हेडक्वाटरको उद्घाटन (फोटोफिचर)


काठमाडाैं – सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाको उद्घाटन गरेका छन्। आईजीपी खनालले एक कार्यक्रमकाबीच नम्बर २ गण हेडक्वाटर झापाको एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै आईजीपी खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, अनुशासित,बफादार, नैतिकवान र व्यवसायीक भई नागरिकको सेवा, सुरक्षा सहयोग तथा उद्धारमा उच्च मनोबल र दृढ संकल्पका साथ अगाडी बढ्न निर्देशन दिए।

खनालले देश र संगठनबाट आफुले के पाए भन्ने भन्दा पनि देश र संगठनलाई मैले के दिए भन्ने भावनाका साथ परिचालित भएर सच्चा राष्ट सेवकको कर्तव्य निर्वाह हुने बताए।

उद्घाटन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिेना, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहाल लगायतको उपस्थिति रहेको थियो। आईजीपी खनालले आजै झापा जिल्लाका सुरक्षा समितिका पदावधिकारीसँग छलफल गरि जिल्लाको समग्र बस्तुस्थितिको बारेमा जानकारी लिएका छन्।

झापा जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोष्टहरुको स्थलगत निरीक्षक तथा अवलोकन गरि बिओपीमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

तराईका जिल्लामा २३७ जनाको संख्यामा रहने गरि स्थापना भएका सीमा सुरक्षा कार्यालयहरु आईजीपी खनाल नियुक्त भएपछि सांगठनिक पुनसंरचनाका लागि तयार गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ नेपाल सरकार मन्त्रिपरिषद्द्धारा स्वीकृत भएपछि ६२१ जना को संख्यामा रहने गरि गणको स्तारोउन्नति भएको थियो।

प्रतिक्रिया