

हिमाल आरोहणबाट उठ्यो ३७ करोड रोयल्टी

काठमाडौं – बसन्त याममा नेपालको हिमाल आरोहणबाट ३७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी उठेको छ । पर्यटन विभागको तथ्याङक अनुसार हिमाल आरोहणको यो सिजनका लागि १९ वटा हिमाल आरोहणका लागि ६८९ आरोहीले अनुमति लिँदा ३७ करोड ३८ लाख ५१ हजार ४२१ रुपैयाँ रोयल्टी उठेको हो ।
विभागका अनुसार यो सिजनमा विभिन्न देशका ८४ वटा टिमले १९ वटा हिमाल आरोहण गर्ने भएका छन् । जसमा ५३८ जना पुरुष र १५१ जना महिला गरी ६८९ जनाले आरोहणको अनुमति लिएका छन् । यस सिजनमा सबैभन्दा बढी सगरमाथा हिमाल आरोहणका लागि २५० जना आरोहीले अनुमति लिएका छन् । त्यस्तै, ल्होत्सेका लागि ८१ जना, कन्चनजंघाका लागि ६१ जना, अमाडब्लमका लागि ६५ जना मकालुका लागि ३९ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।
त्यसैगरी, नुत्सेका लागि ३८ जना, हिमलुङका लागि ३१ जना, धौलागिरीका लागि २७ जना, अन्नपूर्णका लागि २६ जना, बरुत्सेका लागि २० जना, भेमदाङका लागि ८ जना, गंगापूर्णका लागि २ जना, कन्चनजंघाका पिकका लागि २ जना, मनास्लुका लागि ९ जना, मुकुटका लागि ४ जना, नोर्वु खाङका लागि ५ जना, पोखर खाङका लागि ९ जना, धम्पुसका लागि १० जना र उर्कमङका लागि २ जनाले हिमाल आरोहणका लागि अनुमति लिएको तथ्याङकमा उल्लेख छ ।
विभागका अनुसार हिमाल आरोहणका लागि सबैभन्दा बढी ११४ जना अमेरिकी नागरिकले अनुमति लिएका छन् । त्यस्तै, बेलायतका ५९ जना, नेपालका ५५ जना, भारतका ५२ जना, फ्रान्सका ४३ जना, क्यानडाका २६ जना, रसियाका २५ जना, अष्ट्रेलियाका २३ जना र स्पेनका २१ जनाले आरोहणको अनुमति लिएका छन् ।
त्यसैगरी, ल्होल्सेबाट १ करोड ६७ लाख रुपैयाँ, कन्चनजंघाबाट १ करोड १३ लाख ३१ हजार रुपैयाँ, मकालुबाट ८५ लाख ११ हजार, धौलागिरीबाट ५८ लाख ७९ हजार, अन्नपूर्णबाट ५६ लाख ९५ हजार, अमाडब्लमबाट ३१ लाख ५६ हजार, नुत्सेबाट २७ लाख ७१ हजार, पोखर खाङबाट २७ लाख ३४ हजार, बरुत्सेबाट १२ लाख ७ हजार, हिमलुङबाट १० लाख ७९ हजार, भेमदाङबाट २ लाख ४३ हजार, गंगापूर्णबाट १ लाख २१ हजार, कन्चनजंघा पिकबाट ५९ हजार, मुकुटबाट १ लाख २१ हजार, नोर्वु खाङबाट १ लाख ५१ हजार रुपैयाँ र धुम्पुसबाट ३ लाख ३ हजार रुपैयाँ रोयल्टी उठेको हो ।

