सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार


काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ एक हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया