मेगा बैंकको कामु सिइओमा रविना देशराज श्रेष्ठ नियुक्त


काठमाडौं –  मेगा बैंक लिमेटेडकी कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएपछि कामु सीईओको जिम्मेवारी श्रेष्ठलाई दिईएको हो ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ जिम्मेवारी दिएको जनाएको छ । सीइओ खुञ्जेलीको ४ वर्षे कार्यकाल गत चैत्र ३० गते सकिएको थियो ।

खुञ्जेलीको कार्यकाल सकिएपछि अर्को निर्णय नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी श्रेष्ठले पाएकी हुन् । कामु सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् ।

प्रतिक्रिया