नेप्सेलाई लाइभ फ्लोरसिट बन्द गर्न बोर्डको निर्देशन


काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई लाइभ फ्लोरसिट बन्द गराउने निर्देशन दिएको छ ।

कारोवार समयमा नै फ्लोरसिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सुझाव तथा गुनासो आएको भन्दै बोर्डले फ्लोरसिट हटाउन निर्देशन दिएको हो ।

धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम ९४० को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समय पश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ।

प्रतिक्रिया