
सिभिल बैंकको ३० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं – नेप्सेमा सिभिल बैंकको ३० लाख इकाई (कित्ता) ऋणपत्र सूचीकृत भएको छ । ‘सिभिल बैंक डिबेन्चर २०८८’ सूचीकरण भएको हो ।
बैंकले गत मंसिर २४ गतेदेखि पुस ९ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । जसमध्ये ६० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो ।
त्यस्तै, ११ लाख ४० हजार इकाई सर्वसाधारणका लागि र १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको थियो । यस ऋणपत्रमा वार्षिक ब्याजदर १०.२५% रहेको छ । सोही ऋणपत्र अहिले नेप्सेमा सूचीकृत भएको हो ।



कागजपत्र |
