एक सातामा वाणिज्य बैंकहरुमा ३ अर्ब निक्षेप थपियो


काठमाडौं – चालु आर्थिक वर्षको चैत्र महिनाको चौथो सातामा वाणिज्य बैंकहरुमा ३ अर्ब निक्षेप थपिएको छ । गएको साता अर्थात चैत्र १८ गतेदेखि २५ गतेसम्म वाणिज्य बैंकहरुमा तीन अर्ब मात्र निक्षेप थपिएको हो । यस अवधिमा कर्जा प्रवाह २ अर्बले विस्तार भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

चैत्र महिनाको पहिलो सातमा बैंकहरुको निक्षेप तथा कर्जा दुवै घटेको थियो । पहिलो सातामा निक्षेप ५ अर्ब तथा कर्जा लगानीमा ४ अर्बले गिरावट आएको थियो । दोस्रो साता बैंकहरुमा २ अर्ब निक्षेप थपिएको थियो भने २ अर्ब नै थप कर्जा प्रवाह गरेका थिए । त्यस्तै तेस्रो सातामा एक अर्ब निक्षेप उठाएर ६ अर्ब कर्जा प्रवाह गरेका थिए।

चैत लागेयता वाणिज्य बैंकहरुको निक्षेप एक अर्बले बढको छ भने कर्जा पनि ५ अर्बले बढेको छ । बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको चैत्र २५ गतेसम्म बैंकहरुले ४३ खर्ब ३४ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ७७ अर्ब कर्जा विस्तार गरेका छन । गत फागुन मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ३३ अर्ब निक्षेप उठाएर ४१ खर्ब ७२ अर्ब कर्जा विस्तार गरेका थिए ।

प्रतिक्रिया