भन्सार छलीको समानसहित २ जना पक्राउ


काठमाडाैं – भन्सार छली ल्याएको समानसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका-१४ बाफल बस्ने ३८ बर्षीय निरज अग्रवाल र भारतकाे राजस्थान घर भई हाल काठमाडाैं महानगरपालिका-१८ नरदेबी बस्ने ३८ बर्षीय सन्दिप कुमार रहेकाे प्रहरीले जनाएकाे छ ।

काठमाडाैंका  महानगरपालिका-४ असनस्थित स्थानीय ब्यापारीले भन्सार छली गरी कपडा तस्कर गरी व्यापार व्यावसाय गरेका छन् भन्ने गोप्य सूचनाकाे आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएकाे प्रहरीकाे भनाई छ ।

गत चैत २७ गते साँझको समयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडाैं, महानगरीय प्रहरी बृत्त कालिमाटी र जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीद्वारा अग्रवालले सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदामबाट तेइस लाख पचपन्न हजार तीन सय रुपैयाँ बराबरको बिभिन्न प्रकारका कपडाहरु भन्सार छली निकासी गरी लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएकाे छ ।

बरामद कपडाहरू:

१. सेतो रंगको १३१४३४ नं. लेखिएको प्लाष्टिको बोरामा बिभिन्न रंगको सर्टको कपडा २२ रोल ।
२. सेतो रंगको १३१४३५ नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको सर्टको कपडा २५ रोल ।
३. सेतो रंगको १३०८८६ नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको सर्टको कपडा ३१ रोल ।
४. सेतो रंगको १३१००१ (१) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको सर्टको कपडा ५५० मिटर ।
५. सेतो रंगको १३१००१ (२) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको सर्टको कपडा ५५० मिटर ।
६. सेतो रंगको १३१००१ (३) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको सर्टको कपडा ५५० मिटर ।
७. सेतो रंगको १३०८६६ (१) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा १०८ मिटर ।
८. सेतो रंगको १३०८६६ (२) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा ११७ मिटर ।
९. सेतो रंगको १३०८६६ (३) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा १०८ मिटर ।
१०. सेतो रंगको १३१०४९ नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा १०८ मिटर ।
११. सेतो रंगको १३१०४९ (१) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा ८१ मिटर ।
१२. सेतो रंगको १३१०४९ (२) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा ११७ मिटर ।
१३. सेतो रंगको १३१०४९ (३) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा ११७ मिटर ।
१४. सेतो रंगको १३१०४९ (४) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा १०८ मिटर ।
१५. सेतो रंगको १३१०४९ (५) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा ११७ मिटर ।
१६. सेतो रंगको १३१०४९ (६) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा ११७ मिटर ।
१७. सेतो रंगको १३१०४९ (७) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा १२० मिटर ।
१८. सेतो रंगको १३१०४९ (८) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा ११७ मिटर ।
१९. सेतो रंगको १३१०४९ (९) नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको पाइन्टको कपडा ११७ मिटर ।
२०. सेतो रंगको १३१२८९ नं. लेखिएको प्लाष्टिकको बोरामा जेन्स कुर्ता ४८ थान ।
२१. सेतो रंगको ४१३३ नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको कोटको कपडा (Siyarams) २० थान ।
२२. सेतो रंगको ४०८६ नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको सर्ट पाइन्टको सेट (Siyarams) ६० थान ।
२३. सेतो रंगको ७३८ नं. लेखिएको प्लाष्टिकको बोरामा बिभिन्न रंगको जेन्स कुर्ता (Achija) ३६ थान ।
२४. सेतो रंगको ४१३३ नं. लेखिएको प्लाष्टिकको बोरामा कोट पाइन्टको कपडा (siyarams) २४ थान ।
२५. सेतो रंगको ७२० नं. लेखिएको प्लाष्टिकको बोरामा जेन्स कुर्ता (Achija) ३६ पिस ।
२६. सेतो रंगको ४०८६ नं. लेखिएको प्लाष्टिकको बोरामा सर्ट पाईन्टको कपडा (siyarams) ७२ थान ।

घटनाका सम्वन्धमा थप अनुसन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया