

गभर्नर निलम्बन प्रकरणमा हाम्रो हात छैन : चौधरी ग्रुप

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन प्रकरणलाई चौधरी ग्रुपसँग जोडेर अफवाह फैलाइएको भन्दै कम्पनीले यस प्रकरणमा आफ्नो हात नभएको स्पष्ट पारेको छ। सोमबार चौधरी ग्रुपले विज्ञप्ति निकाल्दै गभर्नर निलम्बन प्रकरणलाई चौधरी ग्रुपसँग जोडिएकोमा त्यो आरोप निराधार भएको बताएको हो।
‘‘अर्थमन्त्री र गभर्नर दुवै जनासँग हाम्रो सस्थागत सम्बन्ध छ र दुवै जनालाई हामी आ-आफ्नो ठाउँमा उत्तिकै सम्मान गर्दछौ,” कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘‘उहाँहरूप्रति हाम्रो न कुनै टिप्पणी छ न त कुनै गुनासो नै त्यसैले यस प्रकरणमा हामीलाई अनावश्यक विवादमा तान्ने कोशिस जो जसले गरेका छन्, हामी खेद प्रकट गर्दछौँ।”

